लाङटाङ क्षेत्रका होटल बन्द

0
Shares

सरस्वती न्यौपाने,रसुवा ।

नेपालको तेस्रो पदमार्गको रूपमा चिनिने पर्यटकीय नगरी लाङटाङ क्षेत्रका होटलहरू बन्द भएका छन्। जिल्लाको विभिन्न भागहरूमा कोरोनाको संक्रमण बढ्दै गएपछि लाङटाङका रिम्चेदेखि क्याङजेनसम्मको सयौँ पर्यटकीय होटलहरू बन्द भएका छन्।

जिल्लाकै गोसाईँकुन्ड गाउँपालिकामा पछिल्लो स्वाब परिक्षणबाट सात जना कोरोना सक्रमित थपिए संगै आईसोलेसनमा उपचारार्थ बस्नेको सङ्ख्या ४५ पुगेको जनस्वास्थ्य अघिकृत किरण श्रेष्ठले जानकारि दिनुभयो। हाल दशैँको समयलाई सदुपयोग गर्न र प्रकृतिसंग रमाउन आम मानिसहरू लाङटाङ तर्फ केन्द्रीत भई दैनिक ४० को हाराहारीमा आन्तरिक पर्यटक लाङटाङ पुगिरहेका छन्।

हिमाली क्षेत्र भएका कारण चिसोले गर्दा कोरोनाको जोखिम वढ्ने भएकोले होटल व्यवसायीहरूले होटल तथा लज बन्द गरेको वडा अध्यक्ष सुप्पा लामाले बताउनु भयो। यस्तै रसुवामा पनि कोरोना को सक्रमण बढदै गएपछि प्रसाशन कार्यालयले शान्ति सुरक्षा,विपद व्यवस्थापन बाहेकका अन्य सेवाहरू अर्को सुचना जारि नभएसम्म का लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिनुभयो।