नेकका संस्थापक एवं संविधानसभा सदस्य केसीको निधन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) का सातजना संस्थापकहरूमध्ये कलेज स्थापनामा सवभन्दा पछि जोडिनु भएका माननीय सूर्यबहादुर के.सी.को पोखरामा निधन भएको छ । वहाँ २०५१ सालदेखि २०६० सालसम्म नेपाल इन्जिनियरिङ कलेजको संचालक समितिका सदस्य हुनुहुन्थ्यो ।

तत्कालिन माछापुछ्रे वैंकका अध्यक्ष रहनुभएका माननीय के.सी.ले सो वैंकबाट नेपाल इन्जिनियरिङ कलेजलाई ऋण दिलाउने क्रममा कलेज संचालक समितिबाट २०६० वैशाख महिनामा राजिनामा दिनु भई कलेज संचालक समितिबाट बाहिरिनु भएको थियो । मृदुभाषी र सरल स्वभावका माननीय के.सी.लाई कलेजका तत्कालिन अध्यक्ष लम्वोदरकुमार न्यौपानेले सामाजिक संस्थाको रुपमा संचालित नेपाल इन्जिनियरिङ कलेजलाई निजी बनाउने षडयन्त्रमा अनेक लोभ देखाई नराम्ररी फसाउनु भएको थियो । लगभग दस वर्ष अगाडि के.सी.लाई अचानक ठूलो रोगले सताएको र त्यसवेला नेपालमा उपचार हुन नसक्ने देखेर वहाँ थाइलाएण्डको एउटा असपतालमा उपचार गराई फर्किनु भएको थियो ।

तर रोग पूर्णरुपमा निको नभएकोले वहाँ बेलाबेलामा विरामी भइरहनु हुन्थ्यो । यही कमजोरीको भरपुर फाइदा उठाई लम्वोदरकुमार न्यौपानेले विभिन्न जाली कागजहरूमा के.सी.को हस्ताक्षर लिन सफल भएपछि अनावस्यक रुपमा के.सी. कलेज स्वामित्वको विवादमा फस्नुभएको थियो । यही विवादको छानविनको क्रममा सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले कलेज संस्थापकहरूको सम्पत्ती छानविन गर्दा वहाँको नाममा समेत स्रोत नखुलेको ३० करोड रुपैया भेट्टाएको थियो ।

पोखरा‚ कास्की निवासी कीर्तिबहादुर के.सी.का सुपुत्र माननीय स्वर्गीय सूर्यबहादुर के.सी.ले विभिन्न परियोजनाहरू तथा उद्योगहरूमा लगानी गर्नुभएको थियो । धेरै वर्ष पंचायतकालीन राजनिती गर्नुभएका‚ मुलुकमा बहुदलीय व्यवस्थापछि राप्रपा सदस्य रहनुभएका र वेलावेलामा समाज सेवामा लाग्नुभएका के.सी.पछिल्लो समयमा नेपाली कांग्रेसको समानुपातिकतर्फबाट प्रतिनिधी सभाको सदस्य हुनुहुन्थयो । उहाँंको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।