हेटौंडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रसारण हुने भएको छ । भूउपग्रह तथा केबल च्यानलमार्फत् प्रसारणका लागि सूचना तथा प्रसारण विभागबाट अनुमतिप्राप्त भएको हो । अत्याधुनिक उपकरण प्रयोग गरेर हेटौंडा र काठमाडौंबाट एकसाथ टेलिभिजन सञ्चालन गर्न लागिएको हो ।

भूउपग्रह थाइकम–५ च्यानलमार्फत् टेलिभिजनलाई संसारभर हेर्न सकिनेछ । सरकारले नेपाली, हिन्दी, अंग्रेजी तथा विभिन्न राष्ट्र भाषाहरुमा २४ सै घण्टा मनोरञ्जनात्मक तथा जानकारीमूलक सामग्रीहरु प्रसारण गर्न पाउने गरी इजाजत दिएको छ । लामो तयारीपछि सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याउन लागिएको टेलिभिजनका प्रवन्ध निर्देशक उज्ज्वल चौलागार्इंले बताउनुभयो ।

तिहारअघि नै प्रसारणमा ल्याउने तयारी थालिएको चौलागार्इंले जानकारी दिनुभयो । विशेषगरि समाचार र समाचारमूलक कार्यक्रमलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । करिब ५ करोड लगानीमा टेलिभिजन सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।
टेलिभिजनको मुख्य कार्यालय हेटौंडामा र शाखा कार्यालय काठमाडौंमा रहनेछ । टेलिभिजनमा देशभरका ५० भन्दा बढीले रोजगारी पाउनेछन् ।