सवारी दुर्घटनामा परी सल्यानमा एक युवकको मृत्यु

0
Shares

न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा मोटरसाईकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ । लान्तिबाट श्रीनगरतर्फ आउदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकलमा पछाडि सवार अन्दाजी २६ बर्षिय पूर्ण रेउलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

सोमबार बेलुका ६ बजेतिर लान्ती बजार नजीक मोटरसाइकल दुर्घटना हुँदा रेउले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउदै गर्दा मृत्यु भएको सुचना अधिकारी लक्ष्मण ओलिले बताउनु भयो ।

उहाँका अनुसार मृतकको ठेगाना दाङ चिराघाट रहेको बुझिएको र वायरिङको कामको लागी आजै सल्यान आएको बुझिएको छ ।दाङबाट गाडीमा लान्ति सम्म आएर लान्तिबाट उनी मोटरसाइकलको लिफ्ट लिई श्रीनगर तर्फ आउँदैगर्दा दुर्घटना भएको उहाले बताउनु भयो ।

मोटरसाइकल चालक सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १३ अन्तरकाडा निवासी १८ वर्षिय सुमन बुढा रहेका छन । चालक र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सल्यानले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी ओलिले जानकारी दिनु भयो ।