भेटरान पत्रकार रोवर्ट फिस्कको निधन

0
Shares

लन्डन,(ऐजेन्सी)

वेलायतका भेटरान विदेशी संवाददाता रोवर्ट फिस्कको आशंकित मस्तिष्कघातको कारण ७४ वर्षको उमेरमा निधन भएको दि आइरिस टाइम्सले जनाएको छ । टाइम्सका अनुसार उनलाई शुक्रवार घरमै रिामी पर्ना साथ डब्लिन स्थित सेन्ट भिन्सेन्टस अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा सोहि दिन उनको निधन भएको थियो । मध्युपुर्व सम्बन्धमा महत्वपूर्ण समाचार लेखे वापत फिस्कलाई पुरुस्कार र पदकबाट सम्मानित गरिएको थियो । सत्तरीको दशक देखि उनले मध्यपुर्वमा बसेर पत्रकारिता गर्दै आएका थिए ।तर संयुक्त राज्य अमेरिका , इजरायल र पश्चिमी विदेश नीतिको कट्टर अलोचक रहेकाले उनी समय समयमा विावादमा पनि पर्ने गरेका थिए ।

पाँच दशक समम वेलायतका विभिन्न अखवारका लागि बाद्यकन , मध्य पुर्व र उत्तर अफ्किाबाट लगातार युद्धका समाचार पठाउने गरेका उनलाई अमेरिकाको दि न्युयोर्क टाइम्सले सन् २००५ मा वेलायतको सबैभन्दा लोप्रिय विदेश संवाददाताको उपाधि दिएको थियो । सन् १९४६ मा केन्टको मेडस्टोनमा जनमेका उनले पछि आइरिस नागरिकता लिएका थिए । त्यसपछि उनी राजधानी डब्लिन नजिकको डाल्की शहरमा वसोवास गर्न थालेको थिए ।

आइतवार आइरिस राष्ट्रपति माइकल डि हिग्गीन्सले फिस्कको निधन प्ति गहिरो समवेदना प्रकट गरेका छन् । दि सनडे एक्स्प्रेसबाट पत्रकारिता शुरु गरेका उनी सन् १९७२ मा दि टाइम्सका लागि हिंसाग्रस्त नर्दन आयरल्यान्डको समाचार संकलन गर्न वेलफास्ट पुगेका थिए । सन् १९७६ देखि उनी मध्यपुर्वको विदेश संवाददाता बनेका थिए ।