संरक्षित वन्यजन्तु कछुवासहित पाँच जना पक्राउ

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

प्रहरीले कछुवा विक्री गर्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ ।भक्तपुरको सूर्यविनायकबाट संरक्षित वन्यजन्तु कछुवा सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुर बालकुमारी बस्ने रामेछाप हिमगंगा नगरपालिका ४ घर भएका २९ वर्षीय नैन बहादुर आले मगर, काठमाडौं बनस्थली बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका ६ घर भएका २४ वर्षीय सुजन उपरकोटी, काठमाडौं बौद्ध बस्ने रामेछाप दोरम्बा गाउँपालिका६ घर भएका ३३ वर्षीय छेवाङ लामा, सोही ठाउँ घर भएका काठमाडौं बौद्ध बस्ने २९ वर्षीय दावा लामा ,भक्तपुर गणेशबस्ती बस्ने रामेछाप दोरम्बा गाउँपालिका ६ नै घर भएका २७ वर्षीय राज कुमार घिसिङ रहेका छन् ।

कछुवाको अवैध ओसार पसार तथा बिक्री भइरहेको भन्ने सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।कछुवा विक्रीवितरण गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

उनीहरूबाट प्रहरीले रामेछापबाट ल्याएको एक जीवित कछुवा समेत बरामद गरेको छ। थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले डिभिजन वन कार्यालय भक्तपुरमा बुझाएको महाशाखाले जनाएको छ ।