राजावादीद्धारा रुपन्देहीमा विशाल -यालीसहित जनप्रर्दशनी

0
Shares

यमलाल भुसाल,बुटवल ।

राजावादीहरुले रुपन्देहीमा विशाल रयाली निकालेर जनप्रर्दशनी गरेका छन । बीर गोरखाली अभियान नामको संस्थाद्धारा आयोजना गरिएको विशाल जनप्रर्दशनीमा हजारौको सहभागिता रहेको थियो । करिव १ हजार ५ सय बढी मोटरसाइकिल १ सय बढी कार रयालीमा सहभागिता रहेको थियो ।

रुपन्देहीको मणिग्रामवाट दिउँसो २ वजे शुरु भएको मोटरसाईकिल रयाली शंकरनगर योगिकुटी, कालिकानगर राजमार्ग चौराहा, मिलनचोक, वसपार्क अस्पताल लाईन, अमरपथ ,हाटबजार ,गोलपार्क हुदै ट्राफिकचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

जनप्रदर्शनमा राजा ल्याउ देश बचाउ, गणतन्त्र धोका हो राजतन्त्र जिन्दावाद, २०४७ सालको संम्बिधान लागु गर गणतन्त्र खारेज गर भन्ने नारा सहितको जनप्रर्दशनले रुपन्देही सहित बुटवलको मुख्य सडक तताएको थियो । हजारौ मानिस सडकमा उत्रिएपछि हेर्नेहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

कोण सभालाई सम्वोधन गदै विर गोरखाली अभियानका अभियान्ता वसन्त विक्रम पाण्डेले राजतन्त्रको पक्षमा र गणतन्त्रको विरुद्धमा जनलहर बढीरहेका छ भन्दै यो जनलहरलाई गणतन्त्रको मलामीमा परिणत गर्न आह्वान गर्नु भयो । प्रदेश ५ को राजधानी बुटवलवाट सारिएको प्रसंगतर्फ ईगित गर्दैउहाँले दिल्लीमा रहेको नेपालको राजधानी पहिला काण्ठमाडौमा ल्याउँ अनीमात्र बुटवल राजधानीका वारेमा साच्न सकिेन धारणा राख्नु भयो ।

कार्यक्रममा डिल्लीराम खनाल, प्रविण थापा मगर, सौरभ भण्डारी लगाएतले राजतन्त्रको आवश्यकताको वारेमा प्रकास पादै हिउदे वाली सेहारेसंगै गणतन्त्रको विदाई हुने धारणा राख्नु भएको थियो ।