नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलमा विवाद चुलिँदो,३ वर्ष देखि साधारण सभा हुन सकेन

0
Shares

यमलाल भुसाल,बुटवल ।

बुटवलमा मुख्य कार्यालय रहेको नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडले विगत ३ वर्षदेखि साधारण सभा गर्न सकेको छैन । आईतवार आह्वान गरेको विसं ०७४।७५को १४ औं साधारण सभा पनि गणपुरक संख्या नपुगेको भन्दै स्थगीत गरिएको छ । उर्जा क्षेत्रमा कामगर्ने चिरपरिचित संस्थामा लगानीकर्ता बीचको मनमुटाव र बहुमतका नाममा भएको पेलाईले कम्पनीको भविस्य संकटग्रस्त बन्दै गएको छ ।

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलमा ५१दशमलव ३ प्रतिशत शेयर रहेको बुटवल पावर कम्पनी साधारण सभामा सहभागि नभएपछि गणपुरक संख्या नपुगेको भन्दै कम्पनी ऐनको दफा ७३ अनुसार कम्पनी सचिव होम बहादुर राउतले साधारण सभा स्थगीत भएको घोषणा गर्नु भएको हो ।

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलमा बुटवल पावर कम्पनीको ५१दशमलव ३ प्रतिशत, विटीआईको १ प्रतिशत हिमाल हाईड्रोको पुगनपुग १ प्रतिशत र आईक्यानको ४७ प्रतिशत शेयर रहेको छ । बुटवल पावर कम्पनीले विसं २०७४ साल कार्तिक २२ गते नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडल विरुद्ध अदालतमा मुद्दा दर्ता गरेपछि साधारण सभा हुन सकेको थिएन । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड र बुटवल पावर कम्पनी बीच विसं २०७६ साल पुस १६ गते उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा मिलापत्र गरि मुद्दा फिर्ता लिईएको थियो ।

मुद्दा फिर्ता लिदा गरिएका सहमतीलाई नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलका अध्यक्ष र सियो लगायतले लत्याएका,े सहमतीलाई व्यवहारमा पालना नगरि एकलौटी तवरले काम गरेको विसं ०७३।०७४मा आईक्यानलाई शेयर दिए संगै नाफामा रहेको कम्पनी घाटामा गएको, शेयर होल्डर कामदार कर्मचारीलाई सन्तुष्ठ बनाउन नसकेको, नयाँ प्रविधी ,मेशिन र नयाँ शेयरहरु थप्न नसकेको र नर्वेजियनहरुलाई मात्र खुशि वनाउने कार्यमा लिप्त रहेकाले साधारण सभामा सहभागिता नभएको बुटवल पावर कम्पनीका संस्थापक अध्यक्ष तथा कम्पनीको तर्फवाट नेपाल हाईड्रोमा संचालक समितीमा रहनु भएका विजय बहादुर श्रेष्ठले बताउनु भयो ।

कम्पनीमा भारती नागरिकलाई सियो बनाएर अध्यक्ष रत्न संसार श्रेष्ठले नर्वेजियनलाई खुशि वनाउने, अरु लगानी कर्तालाई पेलेर जाने हरकत गरेकाले समस्या भएको समेत विजय बहादुरले दावि गर्नु भयो ।
आईतवारको साधारण सभामा विटीआईवाट सुमन वस्नेत र अभिमुन्यु पन्थी, हिमाल हाईड्रोवाट पुजा दाहालको सहभागिता रहेको थियो ।

तर ५१दशमलव ३ प्रतिशत शेयर रहेको बुटवल पावर कम्पनीवाट संचालक समितीमा रहनु भएका विजय र दिनेश हुमागाई सहभागीता नभएपछि गणपुरक संख्या नपुगेको भन्दै साधारण सभा स्थगीत गरिएकोको हो । यद्यपी बुटवल पावर कम्पनीवाट प्रतिनिधीत्व गर्नुहुनेहरुले नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलाई धरासायी बनाउने षडयन्त्र गरेकोले कहिले मुद्दा हाल्ने, अनी साधारण सभामा समेत उपस्थित नभएर गणपुरक संख्या नै नपुराउने गरेको आरोप अध्यक्ष लगायतको टिमको रहेको छ ।

साधारण सभा नहुदाँ कम्पनीले अगाडी सारेका परियोजनालाई भने कुनै असर नपरेको बताउदै अध्यक्ष रत्न संसारले बुटवल पावर कम्पनीको शेयर ५१दशमलव ३ प्रतिशत भएपनि संचालक समितीमा केवल ३३ प्रतिशत मात्र रहेकाले बहुमतका आधारमा निर्णय गदै काम अगाडी बढाएको बताउनु भयो । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलमा १४० जना कर्मचारी कार्यरत रहेका छन भने १३ करोड ९५ लाख कुल पजी रहेको छ ।