तनहुँमा थपिए एकैदिन ४१ संक्रमित

0
Shares

मिला दरै,तनहुँ ।

देशैभर कोरोना संक्रमण बढ्दै गएको छ । यससँगै तनहुँमा पनि समुदाय स्तरमा कोरोना संक्रमणको दर बढिरहेको छ । आइतबार एकै दिन तनहुँमा ४१ संक्रमित थपिएका छन् । जिल्लाकै मुख्य बजार भएकाले पनि व्यास नगरपालिकामा सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार आइतबार एकसाथ तनहुँमा ४१ संक्रमित थपिएका हुन् । व्यास नगरपालिकामा १३, भिमाद नगरपालिकामा ५, शुक्लागण्डकी नगरपालिकामा ६, आँबुखैरेनी गाउँपालिकामा ८, भानु नगरपालिकामा ४, बन्दीपुर गाउँपालिकामा २, ऋषिङ र घिरिङ गाउँपालिकामा एक÷एक जना नयाँ संक्रमित थपिएका हुन् । जिल्लामा थपिएका एक जनाको भने स्थानीय तह नखुलेको विज्ञप्तीमा जनाइएको छ ।

जिल्लामा हालसम्म आठ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । ती संक्रमितमध्ये पाँच सय २२ जना संक्रमणमुक्त भइसकेका छन् भने कोरोना संक्रमणबाट ११ जनाले ज्यान गुमाएको स्वास्स्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार जिल्लाको व्यास नगरपालिकामा सबैभन्दा धेरै दुई सय ८४ जना कोरोना संक्रमण भएको छ । चार जनाले कोरोनाले ज्यान गुमाएका छन् । हाल व्यास नगरपालिकामा एक सय ३३ सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै शुक्लागण्डकी नगरपालिकामा हालसम्म एक सय ४६ मा कोरोना पुष्टि भएको छ । अहिले ७५ सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् भने एक जनाले गुमाएका छन् ।

भिमादमा ६१ जनामध्ये कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको ज्यान गएको छ । २९ सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ऋषिङ गाउँपालिकाका ८३ संक्रमितमध्ये २२ जना आइसोलेशनमा रहेका छन् । भानु नगरपालिकामा एक सय तीन संक्रमितमध्ये २१ जना आइसोलेशनमा रहेका छन् । संक्रमणबाट म्याग्दे गाउँपालिकाकाका एक महिला, आँबुखैरेनी गाउँपालिकाका एक महिला र एक पुरुषको ज्यान गुमाएका छन् ।

तनहुँमा १० हजार ४४२ जनाको पिसिआर परीक्षण गरिएको अधिकारीले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहले मानिसको मौलिक हक प्रदान उद्देश्यले सर्वसाधारणको स्वास्थ्यका लागि कोरोना परीक्षण र आइसोलेशनको आवश्यक खर्च व्यहोर्दै आएका छन् ।