अधिकमासको प्रभाव : तिहारसम्म सयपत्री जोगाउनै समस्या

0
Shares

न्युजअफ नेपाल,हेटौंडा ।

सयपत्री फूलले रंगिन छ । वडा अध्यक्ष ललित घलान नै केही वर्षदेखि सयपत्री फूलखेती गरिरहनुभएको छ ।घलानका अनुसार तिहारका लागि लगाइएको सयपत्री दशैंको समयमा नै फुलिसकेको छ । केही फूल तिहारसम्म काम नलाग्ने गरी सुकिसक्ने हो कि भन्ने उहाँको चिन्ता छ ।

चिसो बढ्दै जा“दा फूल झँ“गिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको उहाँको भनाइ छ । उहाँले अघिल्ला वर्षहरुमा १० कठ्ठामा लगाएको फूल यस वर्ष बढाएर १५ कठ्ठामा बिस्तार गर्नुभएको छ ।कार्यक्रमहरुका लागि तयारी गरिएका फूल ओइलिएर गएकोमा घलानले चिन्ता व्यक्त गर्नुभयो । विभिन्न सभा तथा कार्यक्रम नभएका होइनन् तर पहिलाजस्तो कार्यक्रम नभएका कारण फूल तथा मालाको माग ज्यादै न्यून रहेको उहाँले बताउनुभयो ।

घलानका अनुसार करिब दुई लाख लगानीमा फूलखेती गरिएको छ । यसपालि सोचेअनुरुप आम्दानी त कता हो कता, घाटा व्यहोर्नुपर्ने अबस्था आउने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘तिहारसम्म फूल नओइलाए केही आम्दानी हुने आश छ तर सरकारले भारतबाट फूल आयात रोके किसानलाई फाइदा पुग्छ,’ घलानले भन्नुभयो ।

हेटौंडा—१४ की फूल व्यबसायी तीर्थ गुरुङका अनुसार अधिकमासका कारण यस पटकको तिहार २०-२२ दिन पर धकेलिँदा व्यबसायमा घाटा पर्न गएको छ । कार्यक्रमका लागि फाट्टफुट्ट बिक्री भए पनि सोचेअनुसार आम्दानी हुन नसकेको उहाँले बताउनुभयो ।

तिहारसम्म फूल जोगाउने प्रयास निरन्तर गरिरहेको गुरुङको भनाइ छ । यस वर्ष फूलको मूल्य भने केही महँगो पर्नसक्ने उहाँको आँकलन छ । उहाँले गत वर्ष सयपत्री फूलको एउटा मालाको ८० देखि एक सय रुपियाँसम्ममा बिक्री गर्नुभएको थियो ।

पुष्प व्यबसायी किसानलाई यस वर्ष विशेषतः तिहारका लागि सयपत्री तथा मखमली फूल जोगाउन असहज होला कि भन्नेमा चिन्ता छ । यस वर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको र कोभिड-१९ को महामारीका कारण सभा तथा कार्यक्रम हुन नसक्नु नै पुष्प व्यबसायीका लागि ठूलो क्षति बन्ने सम्भावना देखिएको हो ।

तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुनेगर्छ । अघिल्ला वर्षहरुका यही समयमा नै विभिन्न सहकारीका कार्यक्रमलगायत अन्य कार्यक्रम पनि हुने गर्थे । त्यसमा फूल खपत हुने गर्दथ्यो । तर, यस

वर्ष तिहारअघि नै सयपत्री फुलिसकेकाले तिहारको समयमा मागअनुसार फूल आपूर्ति हुन नसक्ने देखिएको छ ।किसानले लगाएको सयपत्री फूल फुल्ने समय भन्दापछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आँकलन गरिएको छ । पुष्प व्यबसायीले क्यालेण्डरका आधारमा फूलखेती गरे पनि समयअगावै फूल फुलेर तिहारसम्म नरहने हो कि भन्ने चिन्ता छ ।