लुम्बिनी प्रदेशमा एकैदिन ९ जनाले ज्यान गुमाए

0
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशमा बुधवार आत्महत्या र सवारी दूर्घटनामा परि ९ जनाले ज्यान गुमाएका छन । विष सेवन गरि ३ जना , भुण्डीएर ५ जना र सवारी साधनको ठक्करवाट १ जना गरि ९ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । विष सेवनवाट वाँके ,वर्दिया र कपिलवस्तुमा एकएक जनाले ज्यान गुमाएका छन । त्यस्तै भुण्डीएर रुपन्देहीमा २, नवलपरासी पश्चिममा ,पाल्पा र कपिलवस्तुमा एक एक जना गरि ५ जनाले ज्यान गुमाएका छन । सवारी दूर्घटनामा परि दाङ जिल्लामा एक जनाको ज्यान गएको छ ।

रुपन्देहीको सैनामैना न.पा. ८ रामापुर स्थित मेघराज शर्मा पाण्डेको घरमा डेरा गरि बस्ने मामाकोेमा दशैको टिका लगाउन आएका गुल्मी धुर्कोट गा.पा.७ वाग्ला बस्ने बर्ष ३२ को दामु गिरिले कोठाको फलामको कुन्डीमा झुण्डीएर ज्यान गुमाएको र थप अनुसन्धान ई.प्र.का.सालझण्डीबाट भई रहेको छ ।

रुपन्देही जिल्लाकै रोहिणी गा.पा.३ धकधई वस्ने सुरेश प्रसाद कोहारको छोरी वर्ष १७ किले आफ्नै घरको कोठामा कपडाको पासो लगाई काटि झुण्डीएर ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

त्यस्तै नवलपरासी बर्दघाट न.पा.१ माकर मोती बस्ती स्थित सुमन गिरीको घरमा डेरा गरी बस्ने जिल्ला स्याङजा चापाकोट न.पा. ८ सुन्तलाटार घर भएको बर्ष ३४ को बुद्धि बहादुर बि.क.को श्रीमती बर्ष २८ कि ईन्द्र कुमारी बि.क.घरमा कोही नभएको अबस्थामा झुण्डीएर ज्यान गुमाएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ई.प्र.का. बर्दघाटबाट थप अनुसन्धान भई रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पा जिल्लाको बगनासकाली गा.पा.३ आर्यभन्ज्याङ बस्ने वर्ष २२ को प्रविण काफ्ले आफु सुत्ने कोठाको सिलिङ फ्यानको कुन्डलिमा झुन्डिएर ज्यान गुमाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान भई रहेको छ ।

जिल्ला कपिलवस्तु कृष्णनगर न.पा १ डुमई बस्ने वर्ष ३० को रामवरण केवटले आफ्नै कोठामा झुण्डीएर ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रदेशमाको कपिलवस्तु जिल्लाको कृष्णनगर न.पा.१२ ठाकुरापुर स्थित शेर बहादुर पाण्डेको छोरा वर्ष २२ को राहुल कुमार पाण्डेले विषादी सेवन गरी ज्यान गुमाएको प्रहरीले जनाएको छ । विषादी सेवन गरेको अवस्थामा उपचारको लागी लैजादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बर्दिया बढैयाताल गा.पा.६ खल्लागाँउ बस्ने रमेश थारुको श्रीमती बर्ष ४१ कि रातरानी थारुले किटनाशक बिषादी औषधी सेवन गरी ज्यान गुमाएकी छन ।

विष सेवन गरि अचेत रहेकी उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगेकोमा उपचारको क्रममा मृत्यु भएको र इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले जनाएको छ । त्यस्तै बाँके खजुरा गा.पा.५ उडरापुर बस्ने जाकीर हुसेन जलाहको छोरा बर्ष २३ को लुरन अन्सारीले आफ्नै घरमा ईन्डिका नामक बिषादी सेवन गरी उपचारको लागि भेरी अस्पताल नेपालगंजमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको ई.प्र.का.धनौलि बाँकेले जनाएको छ । दाङ लमही न.पा.१ नर्ति स्थित भे १० प १५४९ नं.को मो.सा.ले पैदल यात्रीलाई ठक्कर दिदा मृत्यु भएको छ । लमही न.पा.२ दोलही बस्ने बर्ष ७५ को भरथारी चौधरीलाई मोटरसाकिलले ठक्कर दिदा घाईते भएको र उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँके मृत्यु भएको प्रहरीले जनाएको छ । मो.सा.चालक जिल्ला अछाम बागंगढी गा.पा.५ बस्ने बर्ष २९ को भोला रावल र मो.सा.मा पछाडी सवार जिल्ला रुकुम सानो भेरी गा.पा.५ बस्ने बर्ष २३ की उमा के.सी. सामान्य घाईत भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बुधवार नै प्रदेशका विभिन्न जिल्लामा भारतवाट भन्सार क्षली चोरी पैठारी गदै गरेको ९ लाख २५ हजार ८ सय मुल्य वराबरको सामान बरामद गरि भन्सार चलान गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले बताउनु भयो । नवलपरासी पश्चिम सुनवल न.पा. १३ बडेरा स्थित मो.सा. मा ल्याउँदै गरेको ३८४ पिस लेडिजले लगाउने टप्स मुलय १लाख १५हजार २ सय बराबरको कपडा प्र.स.नि. रुकमांगत घिमिरेको कमाण्डमा टोलीले बरामद गरेको छ । गस्ती टोलीलाई देखी कपडा सोही स्थानमा छाडि मो.सा. लिई मानिस फरार भएको, उक्त कपडा नियन्त्रणमा लिई भन्सार कार्यालय महेशपुर बुझाएको प्रहरीले जनाएको छ ।

त्यस्तै नवलपरासी बर्दघाट न.पा.७ जिमिरेभार स्थितमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ३ वटा मो.सा.मा ल्याउदै गरेको ३लाख,७८हजार ८सय बराबरको विभिन्न सामान प्र.स.नि.जगत बहादुर सुनारको कमाण्डमा खटिएको प्रहरीले बरामद गरेको छ ।

प्रहरीलाई देखेपछि मानिस मो.सा. लिई फरार भएको, उक्त सामान नियन्त्रणमा लिई भन्सार कार्यालय महेशपुर बुझाएको प्रहरीले जनाएको छ ।

नवलपरासीकै पाल्हीनन्दन गा.पा.१ स्थित झरहीखोलामा अवैध रुपमा भारतबाट नेपालतर्फ साईकल र मो.सा.मा ४६हजार मुल्य बराबरको मेडिकल सामान, प्याँज ल्याउदै गरेको अवस्थामा प्र.नि.टोपेन्द्र बुढा मगरको कमाण्डमा खटिएको प्रहरीले बरामद गरेको छ ।

नवलपरासी सरावल गा.पा.७ स्थित बुलन्दपुरमा अवैध रुपमा भारतबाट नेपालतर्फ मोबाईल १५ पिस कुल मुल्य ३लाख बराबरको मोबाईल ल्याउदै गरेको अवस्थामा प्र.नि.टोपेन्द्र बुढा मगरको प्रहरी टोलीले बरामद गरेको छ ।

नवलपरासीकै सरावल गा.पा.७ स्थित भन्सारटोलमा अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै,लैजादै गरेको मुल्य २५हजार ८ सय मुल्यको सामान प्र.ना.नि.बाल बहादुर घर्ती मगरको टोलीले बरामद गरेको छ ।

रुपन्देही सिद्धार्थनगर न.पा.२ मेउडिहवाबाट खटिएको शिभिल प्रहरी टोली भारतबाट भन्सार छली ल्याएको ४ बोरा चिनि १५हजार बरावरको सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरेको छ भने रुपन्देही मायादेवी गा.पा.२ भिलरहवा भन्ने स्थानमा अवैध रुपमा माटो उत्खनन गरेको प्र.ना.नि.पदम ब.खड्काको टोली खटि गई लु.१ त.८९२६ नं.को ट्याक्टरमा जडान भएको माटो लोड गर्ने लेबलर मेसिन र चालक सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मायादेवी गा.पा.को कार्यालय पठाईएको छ ।

त्यस्तै कपिलवस्तुमा प्रहरीले ४५पैतालिस हजार बराबरको लेडिज कपडा वरामद गरी भन्सार चलान गरेको छ ।