र्‍यापर भिटेनलाई कारवाही गर्न साइबर ब्युरोलाई चिठी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

र्‍यापर समीर घिसिङ ‘भिटेन’ लाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ । केही साताअघि मात्र भिटेनले युट्युबमा ‘पारा’ नामक नयाँ गीत सार्वजनिक गरेका थिए ।

उक्त र्‍याप गीतमाआपत्तिजनक शब्द प्रयोग भएका कारण कारवाही गर्न साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भिटेनलाई यसअघि प्रहरीमाथि र्दुव्यवहार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।

सो क्रममा प्रहरीले भिटेनलाई उक्त गीत भिडियो नै डिलिट गर्न लगाएको थियो । केही साता अघि मात्र सार्वजनिक भएको र्‍याप भिडियोमा समेत प्रहरीप्रती आपत्तिजनक शब्द प्रयोग भएका कारण कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । भिटेनको उक्त र्‍याप भिडियो अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ।