कोरोनाबाट पर्वतका एक व्यवसायीको मृत्यु

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्बतको कुस्माबजारका एक होटल ब्यबसायीको कोरोना संक्रमणका कारण बिहीबार बिहान निधन भएको छ ।

कुस्मा नगरपालिका – ६ शिबालयचोकका ५५ बर्षीय होटल ब्यबसायी पुरुषको चरक मेमोरियल अस्प्ताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

चरक मेमोरियल अस्पताल, पोखराको आईसियुमा मा उपचारका क्रममा ती पुरुषको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै पर्वत जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यस अघि कुस्माकै तरकारी ब्यबसायी महिलाको पनि अस्पतालले डिस्र्चाज गरेपछि घर फर्कने बित्तिकै निधन भएको थियो ।

मृतकमा बुधबार गते कोरोनाको संक्रमण पुष्टि भएको मृतकमा कोरोनाका अतिरिक्त निमोनिया, हाइपरटेन्सन र श्वासप्रश्वास सम्बन्धी समस्या रहेको क्षेत्रिय स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । मृतक ब्यबसायी मोदीगाउँपालिका ६ स्थित एक बिद्यालयमा लामो समय अध्यापन समेत गराउनुभएको थियो । यो संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।