काठमाडौं उपत्यकामा आज थप २५२ कोरोना संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज काठमाडौं उपत्यकामा थप २ सय ५२ कोरोना संक्रमित भेटिएका छन ।

काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ५७० जना संक्रमित फेला परेका छन् ।