आज देशभर थप ५७० जनामा कोरोना संक्रमण पुष्टि, १४ संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना मुक्त अुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ।

आजमात्रै देशभर थप १४ जना संक्रमितको मृत्यु भएको छ।