नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कामको सिलसिलामा विभिन्न ठाउँको यात्रा गरेका उनलाई यात्राकै क्रममा संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । उनका गाडी चालकलाई समेत कोरोना संक्रमण देखिएको छ । हाल उनी ओम आइसोलसनमा छन् । पाँडे नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत हुन्।