न्युज अफ नेपाल, काठमाडौँ ।
गएराति तुलसीपुरमा एक व्यक्तिमाथि सांघातिक हमला भएको छ । तुलसीपुर उपमहानगरपालिका ११ नवलपुरका ४५ वर्षीय कुमार विकमाथि हमला भएको प्रहरीले जनाएको छ ।
आक्रमणकारीले विकको बाँया खुट्टा काटिदिएका छन् । विकलाई प्रहरीले खुट्टा छिनालिएको अवस्थामा तुलसीपुर १२ गोलौरीबाट उद्दार गरेको हो । विकको हातअरुमा समेत धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । घाइते विकलाई थप उपचारका लागि काठमाडौँ पाउने तयारी भइरहेको छ ।
आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया