चर्चित हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

चर्चित हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।

गत हप्ता आफ्ना दाजुलाई अस्पताल लाने र ल्याउने गरेको र सोही क्रममा संक्रमित भएको हुनसक्ने उनले बताएका छन् । उनलाई लक्षणसहितको कोरोना देखिएको हो ।

‘गत बिहिबार सामान्य टाउको दुख्यो। शुक्रबार ९८ को ज्वरो देखियो। शनिबार ढाडको दुखाई महसुस गरेँ। त्यसपछि हिजो पिसिआर टेस्ट भयो। भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको होु सोमबार ‘ उनले लेखेका छन्।