आज देशभर थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ५ जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा थप ४ हजार ५ जना डिस्चार्ज भएसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ ।

यस्तै, गत २४ द्दण्टामा देशभर थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।