कोरोनाबाट नबिल बैंकका पूर्वअध्यक्ष पौड्यालको निधन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण नबिल बैंकका पूर्वअध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन भएको छ । ह्याम्स अस्पतालमा उपचाररत पौड्यालको आज निधन भएको हो ।

पौड्याल २०४२ सालदेखि नबिल बैंकका सञ्चालक थिए । यस्तै, उनी राष्ट्रिय बिमा संस्थानको कार्यकारी अध्यक्ष समेत भएका थिए ।