देशभर थप २ हजार ८५६ जनामा कोरोना पुष्टि, ३ हजार ३३६ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप २ हजार ८५६ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या एक लाख ११ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ हजार ३३६ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । हाल ३ हजार ६४ जना क्वारेन्टाइनमा छन् भने ४५ हजार ५७२ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७० दशमलव ६ प्रतिशत रहेको छ ।