सामसुङ ग्रुपका अध्यक्ष लि कून हीको निधन


एजेन्सी ।

दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स ग्रूपका अध्यक्ष लि कून–हीको निधन भएको छ । ७८ वर्षीय लि कून–हीको सोलस्थित आफ्नै घरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मुटुरोगी समेत रहेका उनी उपचाररत थिए । अध्यक्ष लि कून–ही दक्षिण कोरियाको सर्वाधिक धनाढ्य व्यक्तिमध्ये एक हुन् । उनको ७ अर्ब ९० करोड अमेरिकी डलरको व्यक्तिगत सम्पत्ति रहेका छ ।

यस्तै, उनी विश्वकै सर्वाधिक सफल व्यावसायिकमध्ये एक हुन् । सामसुङ ग्रुपको स्थापना सन् १९३८ मा भएको थियो। सुकाएको माछा व्यापारका साथ सुरु भएको सामसुङ ग्रुप अहिले इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेशन, निर्माण, वित्तीय र पानीजहाज निर्माताको रूपमा परिचित छ ।