काठमाडौं उपत्यकामा आज थप १ हजार १०१ जना कोरोना संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १ हजार १०१ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, आज देशभर थप २ हजार २२५ जना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।