आज देशभर थप २ हजार २२५ संक्रमित भेटिए, १३ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप २ हजार २२५ जना संक्रमित भेटिएका छन् ।

यससँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको स्वास्थ्य तथा जनस.ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप २ हजार ८४६ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

हाल देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।