इनारमा डुबेर ५ वर्षीय बालकको ज्यान गयो

0
Shares

तनहुँर ।

इनारमा डुबेर तनहुँमा एक बालकको ज्यान गएको छ । भानु नगरपालिका–७ चन्द्रावतीका दीपक खनालका ५ वर्षका छोरा प्रीतमको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ ५ बजे देखि हराइरहेका बालकको राती १० बजे इनारमा डुबेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । प्रहरीका अनुसार शवलाई शनिबार दमौली अस्पतालमा पोष्टमार्टमको लागि ल्याईएको छ ।