सिटी सेन्टरमा भीषण आगलागी, करोडौँको क्षति


एजेन्सी ।

मुम्बईस्थित सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ । आगलागी कारण मलमा रहेका १२ सय पसलमा क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । आगलागीको सूचना पाएलगत्तै महाराष्ट्रका मुख्यमन्त्री आदित्य ठाकरे घटनास्थल पुगेका थिए । सो क्षेत्रमा बसोबास गर्ने हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागीबाट करिब दुई हजार करोड रूपैयाँको नोक्सानी भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

मलमा रहेको एक पसलमा ब्याट्री विष्फोट हुँदा आगलागी सुर भएको प्रहरीले अनुमान लगाएको छ ।