कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको प्रबन्ध सरकारले गर्छ : प्रधानमन्त्री ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्वोधन गर्दै सतर्कता साथ चाड पर्व मनाउन आग्रह गरेका छन् । कोरोनासँगको लडाइ सत्ताको लडाइ नभइ सबैको साथले परास्त गर्नुपर्ने ओलीले बताएका छन् ।

यस्तै, कोरोना संक्रमण परीक्षण र संक्रमितको उपचार यथोचितरुपमा सरकारले गर्ने भएकाले यसलाई लिएर कुनै पनि भ्रममा नपर्न ओलीले बताएका छन् ।

‘म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ’, उनले भने पहिचान, ‘परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ ।’

कोरोना संक्रमणको त्रास भइरहेकाले प्रधानमन्त्री ओलीले विगतमा जस्तो यसपालि दशैंको टीका नलगाइदिने बताएका छन् ।