गमगढीका अधिकांश व्यवसाय अवैध

0
Shares

बीरबहादुर बम, मुगु ।

मुगु जिल्लाको एक मात्र व्यापारिक केन्द्र गमगढी बजारमा अवैधरूपमा व्यापार व्यवसाय सञ्चालन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मुगुको अगुवाइमा तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको समन्वय र जिल्लाका सरोकारवाला निकायका व्यक्तिहरुले गरेको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो ।

बजारमा कालोबजारी भएको जनगुनासो आएपछि अनुगमन गर्ने क्रममा गमगढी बजारमा अवैधरूपमा व्यवसाय सञ्चालन गरेका भेटिएको अनुगमन टोलीले प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गमगढी बजारमा सञ्चालित १ सय ९२ व्यवसायमध्ये ५३ वटा दर्ता नगराई सञ्चालन भएका, कुनै पनि व्यवसायीले मूल्यसूची नराखेका, अधिकांशले साइनबोड नराखेका र बिल जारी नगरी व्यापार गरेको भेटिएको अनुगमनकर्ता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख मानबहादुर खत्रीले बताउनुभयो ।

बजार अनुगमनका क्रममा म्याद गुज्रेका समान धेरै नै भेटिएकाले त्यस्ता सामाना बरामद गरी नष्ट गरिएको प्रमुख खत्रीको कथन छ ।
यसैबीच अनुगमनकर्ताले बजार आसपासका छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने चैन, चौतार बजारमा पनी अनुगमन गरी म्याद गुज्रेका सामग्री नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले जनाएको छ ।