कोरोनाले लियो कांग्रेस नेता पुनको ज्यान

0
Shares

डोटी, (नेस) । 

कोरोनापीडित डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको बुधबार मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका–४ पुर्बियाबगरमा घर भएका ५० वर्षीय पुन केही दिन पहिले बिरामी भएपछि उपचारका लाागि कैलाली जानुभएको थियो ।

उपचारका क्रममा उहाँलाई कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार निमोनियासहित संक्रमित हुनुभएका नेता पुनको उपचारकै क्रममा मृत्यु भएको हो ।

पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत रहनुभएको थियो । उहाँका दुइ छोरा र एक श्रीमती रहेका छन् ।