घोडाको हड्डी भरिएको पार्सल


ज्याक्सनभिल्ले, (एजेन्सी) ।

अमेरिकाको फ्लोरिडास्थित भन्सार अधिकारीले हंगेरीबाट मेलमार्फत आएको एउटा अस्वाभाविक प्याकेज जफत गरिएको बताएका छन्। त्यसभित्र घोडाको पूर्ण अस्थिपञ्जर राखिएको बताइएको छ।

ज्याक्सनभिल्ले अन्तर्राष्ट्रिय हुलाक निकायको भन्सार तथा सिमाना रक्षा अधिकारीका अनुसार विशेषज्ञले उक्त प्याकेटभित्र दुई सय बढी घोडाको हड्डी फेला पारेका हुन्।

मायामी र टाम्पा फिल्ड कार्यालयको यस निकायको फिल्ड अपरेसनका निर्देशक डानियल एलोसोले झन्डै एउटा घोडाको अस्थिपञ्जर बन्ने शत हड्डीको तस्बिर ट्वीट गरेका छन्। उनले यस प्याकेजको पशु चिकित्सकीय सेवा अनुमति साथमा नरहेका कारण यसलाई उल्लेखित गन्तव्यमा नपु¥याइने पनि बताएका छन्।