बाह्रबिसे नगरपलिकाका थप ९ कर्मचारीमा संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,सिन्धुपाल्चोक ।

बाह्रबिसे नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछी बाह्रबिसे नगरपालिकाले सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ ।

बिहिबार थप ९ जना कर्मचारीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछी अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाको कार्यालय बन्द गर्ने निर्णय गरिएको उपमेयर शुशिला पाख्रीनले जानकारी दिनुभयो ।

यसअघि नगरपालिकमा कार्यरत एक जना कर्मचारीमा संक्रमण देखिएपछी कन्ट्याक्ट ट्रेसिङका आधारमा अन्य कर्मचारीको स्वाब परिक्षणका लागि लगिएको थियो । ‘९ जनामा संक्रमण पुष्टि भएको छ, अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबारबाट कार्यालय बन्द रहनेछ’, प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले भन्नुभयो ।