नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा

0
Shares

तनहुँ । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले आज पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका–५ मादी पुल नजिक तीन सय मिटर पश्चिमतर्फको बगरबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा पाँच वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार ग १ त ४०१०, ग १ त ५९९७, को २ त ६९८७, ग १ त ६०४७ र ग १ त २९८१ नं। को ट्याक्टर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका ट्याक्टरलाई कारवाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

सार्वजनिक अपराध मुद्दाका प्रतिवादी पाँच वर्षपछि पक्राउ

सार्वजनिक अपराध मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–२ का रविन्द्र अमगाई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँको मिति २०७२ पुस १९ गतेको फैसलाले रु तीन हजार जरीवाना तोकिएका प्रतिवादीलाई घरबाटै आज पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले पक्राउ गरेका उनलाई जरीवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।