गण्डकी प्रदेश सदस्य रामबहादुर गुरुङलाई कोरोना पुष्टि

0
Shares

मिला दरै,तनहुँ ।

तनहुँ क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य रामबहादुर गुरुङमा कोरोना पुष्टि भएको छ । बुधबार काठमाडौंमा परीक्षण गराएका गुरुङको बिहीबार आएको रिपोर्टले संक्रमण पुष्टि भएको हो । केही दिनयता तनहुँका विभिन्न भागमा निर्माण योजना अनुगमनमा हिंडेका गुरुङ धेरै कार्यक्रममा सहभागी समेत भएका थिए ।

प्रदेशबाट काठमाडौं जाने क्रममा हल्का ज्वरो आएको महशुष भएपछि उहाँले बुधबार कोरोना परीक्षण गराएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जनाउनुभएको छ ।

आफूलाई कोरोना संक्रमण भएकाले कान्तिपुर हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएर कोभिडको उपचार गराइरहेको समेत उहाँले बताउनुभयो । उहाँ व्यक्तिगत एक्वाउन्ट रहेको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सतर्क रहन र लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गर्नुभएको छ ।