उपप्रधानमन्त्री पोखरेलको बहाली

0
Shares

काठमाडौं ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नुभएको छ । यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नुहुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको कार्यभार आफैले सम्हाल्नुभएको छ ।

तस्वीर : रासस