प्रहरीलाई बाधा अवरोध गर्ने २ जना र स्कूटर जलाउने ४ जना विरुद्ध मुद्दा दर्ता

0
Shares

यमलाल भुसाल,बुटवल ।

डिउटीमा जाँदै गरेको प्रहरीलाई बाधा अवरोध गर्ने २ जना लाई प्रहरीले पक्राउ गरेको छ । यही असोज १९ गते रूपन्देही देवदह नगरपालिका ५ खैरेनी कचहरा पुल माथी डिउटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी स्कुटी फुटाईदिउ भन्दै धाक धम्की दिने जबरजस्ती लाईसेन्स बिलबुक मागी टरचर गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ ।

प्रहरीले रूपन्देही देवदह नगरपालिका ४ बस्ने रामप्रसाद रेग्मीको छोरा वर्ष ४० को वसन्त रेग्मी र वर्ष २७ को वसन्त खासु लाई सार्वजनिक शान्ती बिरुद्धको कसुर मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रनाउ खड्क बहादुर खत्रीले बताउनु भयो ।

प्रदेशको राजधानी दाङ सार्ने विषयलाई लिएर आन्दोलन रत पक्षले यही असोज १६ गते साँझ बुटवल उप महानगरपालिका ११ देविनगर होराईजन चोकमा तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ व २४७० नम्बरको स्कुटर जलाउने ४जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रूपन्देही बुटवल उप महानगरपालिका ११ बुद्धनगर बस्ने वर्ष २५ को भेषराज पोख्रेल,बुटवल उप(महानगरपालिका ११ देविनगर बस्ने वर्ष ३५ को रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने वर्ष २८ को सन्दिप पाण्डेय र गुल्मी मालिका गा.पा. वडा नम्बर ८ घर भई हाल लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययन गर्ने वर्ष ३० को सुरज क्षेत्रीलाई अपराधिक उपद्रो अभियोगमा मुद्धा दता गरेको छ ।