आज देशभर थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप  ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । देशभर १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको थियो जसमा ३ हजार ७४९ जनाको रिपोर्ट पोजिटिभ आएको हो । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६९४ पुगेको छ।