झापामा ४० दिनमा चार जनाको हत्या

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

झापामा ४० दिनमा चार जनाको हत्या भएको छ । गत भदौ १७ गते शिवसताक्षी नगरपालिका २८ वर्षीय गोमनसिंह मगरको हत्या भएको थियो । झिलझिले बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलमा घाँटी काटिएको अवस्था मगरको शव फेला परेको थियो । हत्यामा संलग्न मनकुमार लिम्बुलाई प्रहरीले कानुनी दायरामा ल्याइसकेको छ । उनी जेल चलान भएका छन् ।

त्यसैगरी गत असोज १२ गते गौरादह नगरपालिका –१ मा ६५ बर्षिया मनमाया भण्डारी मृत फेला परेकी थिइन् । मनमायाको हत्या आरोपमा उनका श्रीमान् भीम भण्डारीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यस्तै असोज २४ गते कमल गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका थिए । कमल –२ का ३४ वर्षीय रामजी थापाले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । घरायसी विवादका कारण थापाले घरकै खुकुरी प्रहार गरी २४ बर्षिया रीता थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाए ।

त्यस्तै बुधबार कनकाई नगरपालिकामा –३ स्थित सुरुङ्गा खोला एकता टोलमा एक युवक मृत फेला परेका थिए । सोही ठाउँका २२ वर्षीय अभिषेक चौधरी मङ्गलबार साँझ घरबाट निस्किएका थिए । हत्या गरी शव फालिएको अवस्थामा स्थानीयले देखेसँगै प्रहरीलाई खबर गरेको जिल्लाका एसपी कृष्ण प्रसाद कोइरालाले बताउँनुभयो । शवको प्रकृति हेर्दा कसैले धारिलो हतियार प्रयोग गरी हत्या गरेको उहाँले जनाउँनुभयो ।

घट्नापछि अनुसन्धानको क्रममा लागूऔषध दुव्र्यसनीका कारण हत्या भएको उहाँले बताउँनुभयो । टस्थानीय २० वर्षिय टल्के भनने रविन राजवंशीले बञ्चरो प्रहार गरी हत्या गरेको उहाँको भनाइ छ । आरोपितलाइ पक्राउ गरेपछि को बयानका आधारमा हत्या पुष्टि भएको उहाँको भनाइ छ । घट्नाविवरण अनुसार लागूऔषध खाने विषयमा मङ्गलबार समूहमा विवाद भएको थियो । विवाद पछि राति बाँसघारीमा मृतक राजवंशी वसिरहेको अवस्थामा आरोपित राजवंशीले विवादको विषयलाइ लिएर बञ्चरो प्रहार गरी हत्या गरेर बञ्चरो र रगत लागेको सट समेत लुकाएर चप्पल छाडेर भागेका थिए ।

अनुसन्धानको क्रममा बिहीबार साँझ कनकाइ ७ काब्राबोटे टोल मेयर आवास घर नम्बर ७ का राजवंशीलाइ नियन्त्रणमा लिएपश्चात लुकाएको सामान र हत्या गर्नुपरेको कारण प्रहरीलाइ बयान दिएको उहाँको भनाइ छ । राजवंशीलाइ म्याद थप गरी अनुसन्धान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । यता बिहिबार शव पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । चौधरी ट्याक्टर चालक रहेको जनाइएको छ ।