न्युज अफ नेपाल, काठमाडौँ ।
नवनियुक्त तीन मन्त्रीले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
शपथ ग्रहण गरेका तीनै मन्त्रीले आजै पदभार ग्रहण गर्नेछन् ।
तस्वीर : सुनील बज्राचार्य












प्रतिक्रिया