कोरोनाले बनेपाको साँगामा एकै घरका दुई भाईको ज्यान लियो

564
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

कोभिड १९ का कारण जिल्लाको बनेपा नगरपालिका वडा नम्वर १३ साँगा घर भएका एक परिवारका दुई सदस्यको १० दिनको फरकमा निधन भएको छ । २०७७ असोज १८ गते ४५ बर्षिय भाईको निधन भएको १० दिन पछि २८ गते राति ५० बर्षिय दाजुको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मधुमेह रोगबाट पीडित ५० बर्षिय पुरुषलाई २०७७ भदौ २७ गते धुलिखेल भर्ना हुनु भएको थियो । निरन्तर आईसियुमा राखि उपचार गरि रहे पनि कोरोनाका कारण उहाँको निधन भएको हो । उहाँको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना संक्रमण छ । केहि उपचारार्थ हुनुहुन्छ । एकै घरका दुई दाजुभाईकै कोरोनाका कारण निधन भएको जिल्लामै पहिलो पटक हो ।

त्यस्तै कोभिडका कारण बनेपामा २८ गते बुधबार राति अस्पतालमा एक जना र घरमै एक जनाको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लामा विहिबार विहानसम्म १२ जनाको निधन भईसकेको छ भने अन्य जिल्लाका ५ जनाको निधन भएको छ । बनेपा नगरपालिका ७ निवासी ७७ बर्षिय जेष्ठ नागरिक किड्नीको समस्यामा हुनुहुन्थ्यो । बुधबार उहाँलाई डाईलोसिसका लागि धुलिखेल अस्पताल लगिएको थियो ।

पिसिआर परिक्षण गरी डाईलोसिसका लागि समय दिए पनि उहाँमा कोरोना पोजेटिभ देखिएको हो । घरमै निधन भए पछि उहाँको अन्त्येष्टीको तयारी भईरहेको छ । बनेपा आईसोलेसनका डा. शिशिर बञ्जाराका अनुसार घरमै निधन भएका जेष्ठ नागरिक किड्नीको समस्यामा रहेको बताउनु भएको छ ।