झापामा एक युवकको शंकास्पद रुपमा शव फेला

0
Shares

न्युज अफ नेपाल,भद्रपुर ।

झापामा एक युवकको सङकास्पद् रुपमा शव फेला परेको छ । कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनजाएको छ । स्थानीयले बुधबार बिहान ९ बजे बाँसघारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली तत्काल घटनास्थल पुगेको जिल्लाका डिएसपी राकेश थापाले जनाउँनुभयो । शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी थापाको भनाइ छ ।

चौधरीको अनुहारमा धारिलो हतियार प्रहार गरेकोले घटना रहस्यमय बनेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी कार्यालय झापाबाट समेत थप प्रहरी टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । घटनास्थललाई प्रहरीले सिल गरेर धरानबाट तालिम प्राप्त कुकुरद्धारा घटनाको अनुसन्धान तीव्र गतिले अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।