रुपन्देहीको गैडहवामा अवैध सालको गोलिया सहित काठ तस्कर पक्राउ

0
Shares

यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको कञ्चनमा अवैध काठ बरामद भएको घटना सेलाउन नपाउदै गैडहवामा अवैध सालको गोलिया सहित काठ तस्कर पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेस क्याम्प,बिष्णुपुराले स्थानिय समिलबाट २८ दशमलव २२ क्युफिट सालको गोलिया सहित काठ तस्कर गर्ने एक जना ब्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सुरक्षा बेस क्याम्प,बिष्णुपुराका सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेलको नेतृत्वमा गएको गस्ती टोलीले गस्ती गर्ने क्रममा समिल भित्र लुकिछिपी सालको गोलिया झार्दै गरेको अवस्थामा गैडहवा गाउपालिका वडा नं. २ लोण्डिहवामा रहेको बिश्वकर्मा समिलका संचालक महेश बिश्वकर्मालाई नियन्त्रणमा लिएको जनाएको छ ।

वरामद काठ र मानिसलाई थप अनुसन्धानका लागि लुम्बिनी सब डिभिजन बन कार्यालय,ठाकुरापुरलाई बुझाइएको सुरक्षा बेस क्याम्प,बिष्णुपुराले जनाएको छ ।समिलमा चिर्दै गरेको अवस्थामा अवैध काठको कारोवारमा संलग्न समिलका संचालक बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय,सूर्यपुरा र लुम्बिनी सब डिभिजन बन कार्यालय,ठाकुरापुरका बन अधिकृत जय प्रकाश गुप्ताको रोहवरमा लुम्बिनी सब डिभिजन बन कार्यलय,पठाईएको होे ।