धनीलाई बुझाइयो २५ थान मोबाइल

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा प्राप्त निबेदनका आधारमा खोजतलास गरी २५ थान मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

१२ हजारदेखि ५५ हजार मूल्य पर्ने करिब ३ लाख ७५ हजार बराबरका मोबाइल हस्तान्तरण गरिएका हुन् । विभिन्न कम्पनीका मोबाइलहरु पत्ता लगाएर सम्बन्धित मोबाइलधनीलाई बुधबार जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा बोलाएर जिम्मा लगाइएको हो ।