मकवानपुरमा हालसम्मकै धेरै संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुरमा हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विहान सार्वजनिक तथ्यांकमा एकैदिन १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पुष्टि भएकामा मकवानपुरका विभिन्न स्थानीय तहमध्ये सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा रहेको र त्यसमा पनि हेटौंडा–४ मा धेरै संक्रमित पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयो ।

मंगलबार विहानको रिपोर्टअनुसार ४८ महिला र ७७ पुरुषमा संक्रमण पुष्टि भएको छ । असोज २५ गते संकलन गरिएको स्वाबको हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको जनाइएको छ ।