करेन्ट लागेर र लडेर रुपन्देहीमा २ जनाको मृत्यु

0
Shares

यमलाल भुसाल,बुटवल ।

रुपन्देही सियारी गाउपालिका १ नागथान बस्ने वर्ष ४० को कृष्ण बहादुर केसीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । नहरबाट मोटर लगाई पानी तानीआफ्नै बारीमालगाउने क्रममा केसीलाई अचानक करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिका ३ गोलपार्क स्थित सिद्धार्थ राजमार्गको नालिमानामथर बतन नखुलेको मागि खाई हिड्ने अन्दाजी वर्ष ३५ को पहाडि मुलको पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरी लास पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै विभिन्न समय र स्थानबाट भन्सार छली,चोरी,पैठारीर निकारी गरी ओसारपोसार गर्दै गरेका विभिन्न कम्पनीका मोवाइल, मटर र त्रिपाल गरी जम्मा १ लाख ४४ हजार २५०मुल्य बराबरको सामान बरामद गरी भैरहवा भन्सार कार्यालय पठाईएको जिल्लाप्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनु भयो ।