देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कूल संख्या १ लाख १५ हजार ३५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप १ हजार ५०३ जना डिस्चार्ज भएकासँगै देशभर कोरोना मुक्त हुनेको संख्या ७८ हजार २७७ पुगेको छ । यस्तै, आज देशभर १८ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।