म्कवानपुरमा कोरोना संक्रमतिको संख्या दुई हजार नजिक

0
Shares

कृष्णउदास खनाल, हेटौंडा ।

गत साउन २६ गते हेटौंडामा एकै पटक २० जनामा कोरोना भाइरस देखिएपछि करिब एक महिना लकडाउन गरिएपनि मकवानपुरमा संक्रमति ह्वात्तै बढेका छन् ।

जिल्लामा १२ हजार २ सय ६० जनाको पीसीआर जाँच गरिएकोमा पीसीआर जाँच गरिएका मध्यमा एक हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने बढ्दै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित निकै बढ्दै गएका छन् ।

पछील्लो साता हेटौंडामा भीड वढेसंगै संक्रमितको सख्या पनि वढेको छ ।मकवानपुरमा मंगलबार एकै दिन एक सय २५ जनामा कोरोना पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछि पीसीआर जाँचको कामलाई तीव्रता दिइएको छ । कुनैपनि क्षेत्रका व्यक्तिमा कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तीव्र भइरहेको छ ।

पछिल्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको र मकवानपुरमा पनि संक्रमितको सख्या १९ सय ३३ जना पुगेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्य निरीक्षक भोला चौलाागईले जानकारी दिनुभयो । ।हेटौंडाको मुख्य बजार क्षेत्रका बिभिन्न वडाका टोलटोलमा कोरोना भाइरस संक्रमित देखिएका छन् । घना वस्ती भएका क्षेत्र र मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् ।

बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् ।यद्यपी स्थानीय तहमा समेत संक्रमण पछिल्ला दिनमा बढ्दै गइरहेको छ ।