पतञ्जलिद्वारा ६० घर परिवारलाई खाद्यान्न सहयोग

0
Shares

अमृत अर्याल,स्याङजा ।

पतञ्जलिले वालिङ ११ का ६० घर परिवारलाई दैनिक उपभोग्य बस्तु उपलब्ध गराएको छ । वालिङ ११ का पेखु र जामुनेका ६० घर परिवारलाई खाद्यान्न हस्तान्तरण गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर खाद्यान्न उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारका लागि दैनिक उपभोग्य बस्तु उपलब्ध गराउँदा राहत मिल्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावालीले पतञ्जलिले यस ठाउँलाई छनौट गरेर गरेको सहयोगप्रति खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पतञ्जलि आयूर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा. पवनमान सुबेदीले पतञ्जलिले उपलब्ध गराएको सहयोगलाई स्वीकार गरेकोमा नगरपालिकासहित पेखुका स्थानीयहरुमा धन्यवाद ब्यक्त गर्नुभयो । पतञ्जलिले पेखुका ४४ घर र जामुनेका १६ गरी ६० घरलाई चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, घ्यू, दुध लगायतका दैनिक उपभोग्य बस्तु उपलब्ध गराएको हो ।