कपडा र मेसिन चोरी गर्ने २ पक्राउ,एक फरार

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

महानगरीय प्रहरी बृत्त थिमिले आफैं काम गर्ने कारखानाबाट कपडा र मेसिन चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मध्यपुर थिमि ४ कमेरोटारस्थित एस.एस कपडा कारखानामा तयारी पोशाक उत्पादन गर्ने काम गर्दै आएका धनुषा गणेशमान चारनाथ ४ बस्ने बर्ष १९ का मेहबुब आलम र सप्तरी खडक नगरपालिका १ बस्ने बर्ष २० का ईजारुल अलि रहेको बृत्तका प्रमख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुयो ।

उनीहरुले उक्त कारखानाबाट असोज १८ गते ६ सय थान तयारी पाईण्ट र ओभरलक गर्ने मेसिन समेत चोरी गरेको प्रहरीको भनाई छ ।
दुबैलाई धनुषास्थित आलमको घरबाट पक्राउ गरिएको र जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान कार्य भैरहेको बताईएको छ ।

चोरीमा संलग्न धनुषा ४ बस्ने बर्ष २३ का सम्साद आलम भने फरार रहेको र खोजी भैरहेको प्रहरीको भनाई छ ।