देशभर थप ४ हजार ४७ जना कोरोना संक्रमित भेटिए, १ हजार ४७३ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४७ जना कोरोना संक्रमित भेटिएका छन् ।

यससँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज थप १ हजार ४७३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना मुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको गौतमले जनाए ।