भक्तपुर अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ ।

भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको हो । भक्तपुर नगरपालिका–५ भेलुखेलका ५९ वर्षीय घाँटीको क्यान्सर पीडित पुरुषको हिजो साँझ उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.सुमित्रा गौतमले बताउनुभयो ।

स्वास्थ्य समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएको र पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । ती मध्ये ११ महिला र २८ पुरुष रहेका छन् ।